सूर्य अंकित रातो ढाका टोपीमा सजिए एमाले महाधिवेशन प्रतिनिधिहरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

सूर्य अंकित रातो ढाका टोपीमा सजिए एमाले महाधिवेशन प्रतिनिधिहरु

काठमाडाैं । नेकपा (एमाले)का नेता, कार्यकर्ताहरु सूर्य अंकित रातो ढाका टोपीमा सजिएका छन् । पार्टीको एघाराैँ महाधिवेशनको क्रममा शुक्रवार पार्टी मुख्यालय च्यासलमा भेला भएका अधिकांश महाधिवेशन प्रतिनिधिसहितका नेता, कार्यकर्ताहरु सो टोपीमा सजिएका हुन् ।

टोपी पार्टी सजिएका महाधिवेशन प्रतिनिधिहरुले आफूहरु उत्साहका साथ महाधिवेशनको तयारीमा जुटेको प्रतिक्रिया दिएका छन् । सो टोपी पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले व्यवस्थापन गरेको हो । टोपीबाट आएको मुनाफा विभागले आफ्नो वार्षिक रुपमा प्रकाशित हुँदै आएको पुस्तकमा खर्च गर्ने योजना बनाइएको विभागका सचिव एवं महाधिवेशन प्रतिनिधि सञ्जीव रोकाले बताउनुभयो । उहाँले आफू महाधिवेशनको तयारीमा उत्साहका साथ लागेको प्रतिक्रिया समेत दिनुभयो ।

एमालेको एघारौ महाधिवेशनको उद्घाटन सत्र मंसिर २७ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुनेछ । सो महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । सो उद्घाटन सत्रमा ३ लाख भन्दा जनताको सहभागिता गराउने एमालेले दाबी गर्दै आएको छ ।

Leave a Reply