अन्त्यमा देउवाको यस्तो पनि छ दाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अन्त्यमा देउवाको यस्तो पनि छ दाउ

deuwa

काठमाडौं,२८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन् । आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अवकाश पाउँदै छन् । समाचारमा लेखिएको छ, प्रधानमन्त्री देउवा आफू निकट व्यक्तिलाई अख्तियार प्रमुख बनाउने खेलमा लागेको कांग्रेसकै एक नेताले बताए ।

अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्दा संसदीय समितिमा सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, हाल संसद नै नरहेको अवस्थामा प्रधानमन्त्री देउवा प्रमुख आयुक्त नियुक्त गर्न लागेका छन् । आयोगको प्रमुख आयुक्त बन्नका लागि आयोगकै आयुक्त नवीनकुमार घिमिरे पनि दौडधुपमा लागेको बताइएको छ ।आजको नेपाल समाचारपत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);