प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध

काठमाडाैं, २७ माघ । प्रदेश नम्बर ७ को सभामुखमा नेकपा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । आज भएको निर्वाचन प्रक्रियामा सभामुख पदका लागि वाम गठबन्धनकातर्फबाट एमालेका थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

थापाको प्रस्तावकमा दीर्घ सोडारी तथा समर्थकमा त्रिलोचन भट्ट  छन्। सभामुखमा निर्वाचित भएसँगै थापाले दलहरुको भावना बुझेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

६२ वर्षीय थापा बझाङ १ (क) बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका हुन् । उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको हो । त्यतिबेला उनी शिक्षक संगठनमा आबद्ध थिए ।

एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीमबहादुर रावल र सहसंयोजक कर्णबहादुर थापाले सभामुखको उम्मेदवार निर्विरोध गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।