निर्वाचन सफल बनाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

निर्वाचन सफल बनाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ । पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा बोल्दै उहाँले निर्वाचनलाई सफल बनाउन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले देश विषम परिस्थितिलाई गुज्रिरहेको उल्लेख गर्दै त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउनका लागि नै निर्वाचनको मिति घोषणा गरिएको पनि बताउनुभयो ।

उहाँले सो निर्वाचन परिणामले मुलुकको सुशासन,विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ शिक्षण ध्यान दिनुपर्ने आवश्यकता समेत औँल्याउनु भयो । उहाँले सो क्याम्पसलाई महिला विश्वविद्यालय बनाउन गरिएको प्रयासप्रति पनि खुशी व्यक्त गर्नुभयो ।

Leave a Reply