'नेशनल भोलेन्टियर फोर्स'ले एमालेप्रति विमती राख्नेहरुको पनि सुरक्षा गर्छ : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

‘नेशनल भोलेन्टियर फोर्स’ले एमालेप्रति विमती राख्नेहरुको पनि सुरक्षा गर्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमती राख्नेहरुको पनि सुुरक्षा गर्ने बताउनुभएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच फोर्सको घोषणा कार्यक्रममा बोल्दै उहाँले फाेर्सले सबैकाे हित गर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले राज्यका संयन्त्रले मात्रै मुलुक र जनताको जीउधनको सुरक्षा गर्न नसक्ने कुरा हालै भएको जेनजी आन्दोलनको क्रममा देख्नु, भोग्नु परेकाले पनि आफ्नो पार्टीले फोर्समार्फत देश र जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपरेको बताउनुभयो ।

उहाँले फोर्स राष्ट्रिय हितमा समर्पित हुने भएकाले यसबाट कोही पनि आत्तिनुनपर्ने बताउदै फोर्सले राष्ट्रिय हितको क्षेत्रमा काम गर्ने समेत पटक पटक दोहोर्याउनुभयो ।

Leave a Reply