काठमाडाैं । माईतीघर मण्डलामा जेन–जी समूहले धर्ना दिएको छ । शुक्रबार जेन–घाईते समूहले काठमाडौंको माईतीघर भण्डला पुगेर धर्ना दिएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेन–प्रदर्शनका क्रममा उनीहरु घाइते भएका थिए । आज नै नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्सको प्रदर्शन गरेको छ ।
दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।





