मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छः अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छः अध्यक्ष दाहाल

काठमाडौँ,

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताउनुभएको छ । बिहीवार निर्माणाधिन संसद भवनको निरिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताउनुभएको हो । उहाँले आगामी अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि बताउनु भयो ।

नयाँ संसद भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको बताउनु भयो । यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको बताउनु भयो । आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको बताउनु भयो । अध्यक्ष दाहालले सबैले ताकेता गरेपछि छिटो सम्पन्न हुने बताउनु भयो ।

Leave a Reply