एमाले सचिवालय बैठक शुरु | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

एमाले सचिवालय बैठक शुरु

काठमाडौँ,

नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । बिहीवार दिउँसोबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक शुरु भएको हो । बैठकमा सरकारका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी, राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ । नेकपा एमालेले संसद पुनःस्थापनाको विषय अगाडि बढाएको छ । त्यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ । साथै बारामा एमाले नेताहरुलाई जान रोकिएको विषयबारे पनि छलफल हुनेछ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्ने गरेको थियो ।

Leave a Reply