प्रदेश ३ र ७ मा आज सभामुखको निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश ३ र ७ मा आज सभामुखको निर्वाचन हुँदै

काठमाडौं, २७ माघ । प्रदेश नम्बर ३ र ७ मा आज सभामुखको निर्वाचन हुँदै छ ।  सभामुख चयनका लागि आज दुवै प्रदेशको बैठक बोलाइएको छ ।

प्रदेश नम्बर ३ को बैठक अपरान्ह ३ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश नम्बर ३ मा वाम गठबन्धनले एमालेका सानुकुमार श्रेष्ठलाई सभामुख र माओवादी केन्द्रकी राधिका तामाङलाई उपसभामुखको उम्मेदवार बनाउँदै छ ।

उपसभामुखको निर्वाचन भने भोलि हुँदैछ । वाम गठबन्धनको वहुमत भएकाले नेपाली कांग्रेसले भने दुवै पदमा उम्मेदवार नउठाउने भएको छ । उम्मेदवार नउठाएपनि वाम गठबन्धनका उम्मेदवारको विपक्षमा मतदान गर्ने नेपाली कांग्रेसले जनाएको छ । प्रदेश नम्बर ७ को सभामुखमा वाम गठबन्धनले एमालेका अर्जुनबहादुर थापालाई उम्मेदवार बनाउँदै छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);