ओलीको प्रश्न : सभा गर्न नदिने सरकारले निर्वाचन कसरी गर्छ ? | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

ओलीको प्रश्न : सभा गर्न नदिने सरकारले निर्वाचन कसरी गर्छ ?

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन समेत गर्न नदिएको आरोप लगाउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बारामा पार्टीको कार्यक्रम सरकारले गर्न नदिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभएकाे हाे ।

बुधबार बाराको सिमरा एयरपोर्टमा एमालेका कार्यकर्ता र जेन-जी पुस्ताबीच झडप हुँदा राष्ट्रिय युवा संघ नेपालको भेलामा जानबाट पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत रोकिनुभएको थियो । ओलीले सोही कुरालाई लक्षित गर्दै सभा गर्न नदिने सरकारले कसरी चुनाव गर्छ ? भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले जेन-जीको नाममा बारामा पनि एमालेविरुद्ध ढुंगामुढा गर्न लगाइएको भन्दै सैह्य नहुने चेतावनी समेत दिनुभयो ।

अध्यक्ष ओलीले विरोधीहरुले हमला गरिरहेको भन्दै एकतावद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

Leave a Reply