काठमाडाैं । मेलम्चीवासी र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा शहरी विकासमन्त्री कुलमान घिसिङसँग भएको वार्ता बिना निष्कर्ष सकिएको हो ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु गाउँपालिकामा स्थानीयले गरेको अवरोध हटाउन सरकार र स्थानीय तहबीचको वार्ता सहमति नजिक पुगे पनि मंगलबार रातिसम्म औपचारिक सहमति जुट्न सकेन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङको नेतृत्वमा जारी वार्ता सकारात्मक रहेको स्रोतले जनाएको छ । सोमबार सहरी विकास मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि प्रधानमन्त्री सुशीला कार्कीले व्यक्तिगत चासो राख्दै यो विवाद समाधानको जिम्मेवारी मन्त्री घिसिङलाई सुम्पिएकी हुन् ।
खानेपानी तथा सरसफाई मन्त्रालय प्रधानमन्त्री मातहत रहेकोले उनले वार्तामार्फत् समस्या समाधान गर्न मन्त्री घिसिङ्गलाई निर्देशन दिनुभएको थियो ।





