मधेस प्रदेश : एमालेका यादव मुख्यमन्त्री नियुक्तपछि काँग्रेससहितका सात राजनीतिक दलहरु छलफलमा | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

मधेस प्रदेश : एमालेका यादव मुख्यमन्त्री नियुक्तपछि काँग्रेससहितका सात राजनीतिक दलहरु छलफलमा

काठमाडाैं । मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलहरु छलफलमा जुटेका छन् । सोमबार बिहान मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै सात राजनीतिक दलहरु छलफलमा जुटेका हुन् ।

उनीहरुले आगामी रणनीति तय गर्ने बताइएको छ । प्रदेश प्रमुख भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बाँकी दलहरू असन्तुष्ट छन् । उनीहरुको सभामुखमाथि अविश्वासको प्रस्ताव प्रस्तुत  गर्ने तयारी समेत रहेको बताइएको छ ।

छलफलमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीसहितका दलहरू सहभागी छन्

Leave a Reply