लाैहपुरूष गणेशमान सिंहको १११औँ जन्मजयन्ती | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

लाैहपुरूष गणेशमान सिंहको १११औँ जन्मजयन्ती

काठमाडौं । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सर्वाेच्च कमाण्डर एवं लौह पुरुष गणेशमान सिंहको १११ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेता गणेशमान सिंहको जन्म जयन्ती मनाइरहँदा नेपाली कांग्रेसका नेता तथा कार्यक्रर्ताहरुले उनको त्याग र निरन्तरताबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि राणा शासन विरुद्धको आन्दोलन, २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनावमा स्वर्गीय गणेशमान सिंहको योगदान स्मरणीय देखिन्छ ।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको राजनीतिक ‘कु’ को विरुद्धमा पनि सिंह जीवनभर लडिरहे । सबै राजनीतिक सुख दु:खमा बिपी र गणेशमान सधैसँगै थिए । यातना सहित पटक पटका निर्वासन र जेलजिवन बिताएका गणेशमानले नेपाली जनतालाइ सार्वभौम बनाउन निरन्तर लागि रहे ।

विपरीत धारमा रहेका कांग्रेस र कम्युनिष्टहरुलाई एक साथ उभ्याउन उनले खेलेको भूमिकाले २०४६ सालमा भएको आन्दोलन सफल भयो र देशमा प्रजातन्त्र आयो । त्यसकै जगमा अहिले मुलुकमा गणतन्त्र आएको छ । विक्रम सम्बत् १९७२ कार्तिक २४ गते काठमाडौंको खानदानी परिवारमा जन्मेर पनि नागरिकलाई स्वतन्त्रत बनाउन सिंहले विभिन्न कष्ट र दु:ख भोग्न पछि परेनन् । स्वर्गीय गणशेमानलाई उनका अनुआयीहरुले मानवताको भावना उच्चता भएको व्यक्तिको रुपमा सम्झने गर्छन ।

गणेशमान सिंहलाई नेपाली कांग्रेस समर्थक बाहेकका नेता कार्यकर्ताले पनि सच्चा लोकतन्त्रवादी र त्यागी नेताको रुपमा सम्झने गर्छन् ।

नेपालको राजनीतिमा बिरलै पाउने नेता हुुन् स्वर्गीय गणेशमान सिंह । सधैँ सत्य र निष्ठाको बाटोमा हिँडिरहने व्यक्ति थिए उनी । २०४६ सालको आन्दोलनको सफलतापछि तत्कालिन राजाले प्रधानमन्त्री पद दिँदा पदको लोभ नगरेका कारण उनलाई सबैले त्यागी नेताको रुपमा स्मरण गर्ने गर्छन् । तर त्यागका प्रतिमूर्तिका नेता गणेशमान सिंहबाट वर्तमान नेताहरुले प्रेरणा लिन नसकेको काँग्रेसका नेता तथा कार्यकर्ताको गुनासो छ ।

लौहपुरुष गणेशमान सिंहको निधन २०५४ साल असोज २ गते काठमाडौंमा भएको थियो । नेपाली राजनीतिमा उनले गरेको योगदानलाई स्मरण गर्दै नेपाली काँग्रेसले हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply