चोभारमा एक महिने आदिनाथ मेला सम्पन्न (फाेटाेफिचर) | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

चोभारमा एक महिने आदिनाथ मेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं । काठमाडौंको चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने आदिनाथ मेला सम्पन्न भएको छ । असोज २१ गते चोभारस्थित आदिनाथ मन्दिरमा शुरू भएकाे एक महिने आदिनाथ मेला पूरा भएकाे हाे ।

आदिनाथ मेला कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना चल्ने गर्दछ । मन्दिरमा राखिएको शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति (अर्धनारेश्वर आदिनाथ)को पूजा आराधना गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भइ पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । आदिनाथलाई हिन्दु र बौद्ध अनुयायीले साझा रूपमा पूजा गर्ने गर्दछन् । लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गर्नुभएको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ ।

बौद्धमार्गीले लोकेश्वरका रुपमा पूजा गर्ने मन्दिरमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्ध धर्मावलम्वीहरुको विश्वास छ ।

Leave a Reply