आजदेखि आदिनाथ मन्दिरमा एक महिने मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौँ, १९ असोज । काठमाडौंको चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला सुरु भएको छ ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म लाग्ने मेला विहिबारबाट सुरु भएको हो । संकट टर्ने तथा सुःख, शान्ति र समृद्धि मिल्ने विश्वासका साथ मेला भर्न जाने गरिन्छ । तर भूकम्पले ध्वस्त बनाएको मन्दिरको संरचना निर्माणमा ढिलाई हुँदा मेला भर्ने तिर्थालुहरु भने उपस्थित हुन सकेका छैनन् । पूरानै शैलीमा मन्दिरको पुनर्निर्माण हुनुपर्ने मन्दिरका पुजारीको अडानलाई पुरातत्व विभागले साथ नदिएपछि भूकम्प गएको साँढ दुई वर्ष बित्दा समेत मन्दिरको पुनर्निर्माणको काम अघि बढन नसकेको हो । स्थानीयले दवाव दिएपछि २ महिनायता भने पुरानै शैलीमा मन्दिरको पुननिर्माणको काम सुचारु गरिएको छ ।

लिच्छवीकालीन राजा अंशु बर्माले स्थापना गरेको यो मन्दिरमा सहभागी मात्रै भएपनि रोगव्याधि हटेर जाने जनविश्वास रहिआएको छ । यस मन्दिरमा आदि नर र आदि नारीका रुपमा अभिव्यक्त भएको मूर्तिलाई आदिनाथ भनेर पुज्ने गरिन्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);