तिहारसँगै देउसी भैलाेको रौनक | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

तिहारसँगै देउसी भैलाेको रौनक

काठमाडाैं ।  नेपालीको दोस्रो ठूलो पर्व तिहारको आगमनसँगै देशभर देउसी भैलोको रौनक छाएको छ । राजधानी काठमाडौंसहित देशभर विभिन्न संघसंस्थाको आयोजनामा बजारमा देउसी भैलो खेल्न थालेका छन् ।

सामुदायिक विद्यालय, संघ संस्था, युवा क्लव, आमा समूहले तिहारको अवसरमा देउसी भैलोको आयोजना गरेका छन् । सोमबार काठमाडौंका विभिन्न क्षेत्रहरुमा ओखलढुंगाा मगर समाज काठमाडौं सम्पर्क समितिको आयोजनामा देउसी खेलिएको छ ।

परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसी भैलोबाट सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने प्रभावकारी माध्यम समेत देउसी भैलो बनेको छ ।

Leave a Reply