विपीन जोशीको शव नेपाल ल्याइयो, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

विपीन जोशीको शव नेपाल ल्याइयो, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली

काठमाडाैं । प्यालेस्टिनी लडाकू समूह हमासले बन्धक बनाउँदा मारिएका नेपाली युवा विपीन जोशीको शव सोमबार काठमाडौं आइपुगेको छ । विपीनको शव इजरायल सरकारले काठमाडौंसम्म ल्याइदिएको हो ।

विपीनलाई प्रधानमन्त्री सुशीला कार्की र सरकारका मन्त्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली कार्यक्रम सकिएपछि विपीनको शव सोमबार नै नेपाली सेनाको जहाज स्काई ट्रकबाट धनगढी विमानस्थलसम्म पुर्याइने छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा विपीनसहित २५१ जनालाई बन्धक बनाई लगेका थिए । केही दिनअघि हमास र इजरायलबीच युद्धविराम भएपछि हमासले विपीनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

त्यसपछि हमासले रेडक्रसमार्फत विपीनको शव इजरायली सेनालाई सुम्पिएको थियो । इजरायली सेनाले शवको डीएनए परीक्षण गर्दा शव विपीनको नै रहेको पुष्टि भएपछि इजरायल सरकारले नेपाल पठाएको हो ।

Leave a Reply