विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : शिक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : शिक्षामन्त्री

काठमडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनितिकरण निर्मूल पार्नुपर्ने बताउनुभयो । त्यसका लागि सुरुवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले बोर्ड अफ ट्रष्टी गठन गरेर विश्वविद्यालयको कुलपति छान्ने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि कानून संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । तर हाल कानून संसोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उहाँको भनाइ छ ।

यद्यपि विश्वविद्यालय सुधारका लागि केही मस्यौदाहरु तयार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले विश्वविद्यालयले परीक्षाफल समयमा नलिकाल्ने गुनासो आएकोले समयमा नै परिक्षाफ निकाल्न निर्देशनन दिएको पनि जानकारी दिनुभयो । समयमा नै परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोकिने उहाँको भनाइ छ । उहाँले मन्त्रालयले विद्यालयका शिक्षकहरुले तलवभत्ता नपाएको विषयमा छानविन गर्ने, विद्यालयका प्राध्यानाध्यापक छान्ने प्रक्रिया, पाठ्यक्रम परिमार्जन लगायतका काम अगाडी बढाएको पनि जानकारी दिनुभयो ।

Leave a Reply