सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्यो : ओली | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्यो : ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ ।

सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको उहाँको जिकिर थियो । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गर्नुभयो ।

जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौं उपत्यका बाहिर नजान प्रतिवन्ध लगाएपनि आवश्यक परेका बेला देशको कुनैपनि शहरमा घुम्न जानसक्ने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार