काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक बिहीवार बिहानैबाट शुरु भएको हो ।
तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । बुधबार ५० जनाले आफ्नो धारणा राख्नुभएको थियो । प्रत्येक केन्द्रिय सदस्यलाई बोल्नका लागि ३ मिनेटको समय दिइएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रश्तावमाथि छलफल भइरहेको छ । साथै संसद पुनःस्थापना, महाधिवेशनबारे छलफल जारी छ ।





