जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

काठमाडाैं । १८ औँ संस्करणको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेलमा शुरु भएको छ । रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा प्रदर्शनी शुरु भएको हो ।

नेपालीहरूको महान चाड तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रतियोगितात्मक प्रदर्शनी शुरु एशोसिएशनले जनाको छ । मेलमा ८० व्यवसायिक स्टल, १ प्लान्ट क्लिनिक स्टल, ५ अफिसियल स्टल, २ प्रतियोगितात्मक स्टल र २ फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्षहरु रहेको आयोजकको भनाइ छ ।

प्रदर्शनी अवलोकन गर्न आएका उपभोक्ता भैरव आचार्यले आफू फूलप्रति आकर्षित भएको र प्रदर्शनीको मौका पारेर केही सस्तो तथा फरक—फरक प्रजातिका फूलहरू हेर्न र किन्न आएको बताउनुभयो । फूलको सौखिन  बताउने आर्चायले प्रदर्शनीमा गोदावरी फूलले विशेष आकर्षण खिचेकोे बताउनुभयो ।

प्रदर्शनी अवलोकन गर्न आउनुभएका उपभोक्ता बलराम कार्कीले आफू विशेष गरी नेपालमा उत्पादन हुने फूलका विविध प्रजातिबारे जानकारी लिन र गोदावरी फूलको विशिष्ट प्रजातिहरू किन्न आएको बताउनु भयो । प्रदर्शनीमा गत वर्षभन्दा फूलका प्रजाति बढेको बताउनुभयो ।

बजारको नर्सरी भन्दा स्टलमा फूलको मूल्य सस्तो पर्ने उपभोक्ता विनिता बुढाथोकीको भनाइ छ । यस्ता प्रदर्शनीले फूल तथा प्रकृति प्रेमीलाई सहुलियत मिलेको उहाँले बताउनुभयो । प्रदर्शनीमा धेरै प्रजातिका फूलहरु छानेर लैजान पाउने भएकाले आएको उहाँले बताउनुभयो । नर्सरीमा दोब्बर मूल्यमा फूल किनेको सम्झँदै उहाँले प्रदर्शनीमा धेरै प्रजातिका फूलहरुका बरेमा जान्न पाएको बताउनुभयो ।

अर्की गंगा पाण्डेले सामाजिक सञ्जालका माध्यमबाट प्रदर्शनीको बारेमा जानकारी पाएको बताउँदै तिहार नजिक भएकाले तिहारका लागि फूल लिन आएको बताउनुभयो । उहाँले बाहिर नर्सरी भन्दा सस्तोमा मूल्यमा पूmलहरु पाएकोमा आफू सन्तुष्ट रहेको बताउनुभयो ।

तिहार पर्व नजिकिँदै गर्दा घर आँगन,बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायिक प्रवद्र्धन गर्न, समय अनुकुल पुष्पको जातिय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

Leave a Reply