आगामी महाधिवेशनपछि म काँग्रेस सभापति रहँदिनः देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

आगामी महाधिवेशनपछि म काँग्रेस सभापति रहँदिनः देउवा

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व छोडने दोहोर्याउनुभएको छ । जेन—जी आन्दोलनपछि मंगलबार पहिलो पटक सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकलाई लिखित सम्बोधन गर्दै हाल पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै १५ औं महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा नरहने स्पष्ट पार्नुभएको हो । सभापति देउवाले घरमा सधैं एकै जना मुली नरहने दृष्टान्त पेश गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा सभापति देउवाले आफूले यसअघि नै १५ आंै महाधिवेशनबाट पार्टीको नेतृत्वमा नरहने कुरा भनिसकेको स्मरण गराउँदै अब नयाँ नेताले पार्टी सभापतिको जिम्मेवारी लिनेमा कुनै द्विविधा नरहेको बताउनु भयो ।सभापति देउवाले पार्टीको वैधानिक व्यवस्थाले पनि १५ औ महाधिवेशनबाट नेतृत्व रहने नदिने समेत बताउनु भयो । सोही अवसरमा देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ ।

Leave a Reply