अब कसरी बनाउने लगानीको वातावरण ? | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

अब कसरी बनाउने लगानीको वातावरण ?

 काठमाडौं ।

गत भदौको अन्त्यतिर भएको जेन—जी आन्दोलनपछि मुलुकमा अस्थिरताको खतरा बढेको छ । जेन—जी विद्रोहपछि प्रतिनिधि सभा विघटन, काँग्रेस–एमाले नेतृत्वको सरकार अपदस्त हुँदै पूर्वप्रधानन्यायधिश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार मुलुकमा बनेको छ । तर काँग्रेस–एमाले अझैपनि चुनावका लागि तयार छैनन् र अहिलेको सरकार सिमित दायरामा रहनुपर्ने बाध्यता, जेन—जीहरुको आकंक्षा बढ्दै जाँदा मुलुकमा अस्थिरता बढ्ने खतरा बलियो बन्दै गएको जानकारहरुले बताएका छन् । जेन—जी आन्दोलनपछि विकासित परिस्थीतिलाई नजिकबाट हेरेका विज्ञसँगै निजी क्षेत्रका प्रतिनिधिले मुलुकमा पछिल्लो समय अस्थीरता देखिएको र असुरक्षा बढ्दा लगानीको वातावरणमा बिगार्नुको साथै पुँजी पलायनको समेत खतरा रहेको उनीहरुले बताए ।
उनीहरुकाअनुसार जेनजीले निजी क्षेत्रका सम्पत्तिमाथि आक्रमण गर्दा लगानीकर्तामा त्रास बढेको छ र तत्काल थप लगानी आउन छैन् । देश द्वन्द्वतर्फ अघि बढे पुँजी पलायनको समेत खतरा रहेको विज्ञको भनाइ छ ।
अर्थविद् चन्द्रमणी अधिकारीले जेनजी आन्दोलनपछि मुलुकमा शान्ति सुरक्षा अमनचैन नरहेको बताउनु भयो । जसकारण स्वदेशी, विदेशी लगानी थप बढ्ने सम्भावना नरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार शान्ति सुरक्षाकै कारण पर्यटकको संख्यामा कमी देखिन थालेको छ भने, होटलहरुमा आहिले बुकिङ रद्ध हुनु सकारात्मक होइन । मुलुकमा निकासी भइरहेको वस्तु पनि दिगो नरहेको र अस्थिरता बढिरहे मुलुकमा वैदेशिक मुद्राको सञ्चितिमा समेत समस्या आउने अधिकारीले बताउनु भयो ।राज्य संयम भएर अघि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

यता, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले अब सघर्ष गर्नुभन्दा पनि जेनजी युवाहरु हाम्रै देशका हुन भनेर सबै पार्टी र अहिले बनेको सरकारले स्वीकारेर नयाँ परिवेशमा देशलाई लैजानसके मात्रै मुलुकमा लगानीको वातावरण बन्नसक्ने बताउनु भयो ।उहाँकाअनुसार शिक्षा, स्वास्थ्य, रोजगार, सुशासनको एजेण्डा लिएर जेन—जीले आन्दोलन गरेको र उनीहरुको माग बमोजिम अघि बढ्दै मुलुकमा शान्ति सुरक्षा अमनचैन हुनुपर्छ । रोजगारका लागि उत्पादन बढाउनुपर्छ, आइटीको प्रवद्र्धन, पर्यटन, जलस्रोतको विकास गर्नुपर्छ । यसका लागि मुलुकमा निजी क्षेत्रले लगानी गर्न सक्ने वातावरण बन्नुपर्छ ।  उहाँकाअनुसार सरकारले दिने सेवा सर्वसुलभ हुन नसक्दा जेनजीहरु असन्तुष्ट बनेका छन् । त्यो सर्वसुलभ हुन जरुरी छ ।

Leave a Reply