काठमाडौं ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक हुनुभएको छ ।जनजी प्रदर्शनकारीहरुको कुटाईबाट गम्भिर घाइते हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकमा सहभागी हुनका लागि भर्खरै पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएको हो । बुढानिलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उहाँकी पत्नी एवं काँग्रेस नेतृ डा. आरजु राणालाई घाइते हुनेगरी कुटपिट गरेका थिए । त्यसपछि उहाँ ३४ दिनपछि पार्टी केन्द्रिय कार्य समिति बैठकमार्फत सार्वजनिक हुनुभएको हो । आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आउनुभएको छ ।
बैठकमा संस्थापन पक्ष इतरका नेताहरुले देउवालाई पद छोड्न दबाब दिने तयारी गरेका छन् ।




