अस्पतालले भन्यो- राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

अस्पतालले भन्यो- राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ

काठमाडौ ।
काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा ‘जेनजी’ प्रतिनिधिसित प्रधानमन्त्री सुशीला कार्कीको छलफल जारी रहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

राष्ट्रपतिकै आह्वानमा भएको उक्त छलफल छिटो गरी सकाएर उनी अस्पताल भर्ना भएका हुन् ।हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको अस्पतालद्वारा शनिबार दिउँसो ३ः३० बजे जारी विज्ञप्तिमा उल्लेख छ ।

“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौँ,” अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालबाट उनी आजै बेलुकासम्म ‘डिस्चार्ज’ हुन सक्ने राष्ट्रपतिको कार्यालय स्रोतले बताएको छ । राष्ट्रपतिको स्वास्थ्य समस्याका बारेमा भने जानकारी गराइएको छैन ।

Leave a Reply