जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छ : महासचिव मैनाली | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छ : महासचिव मैनाली

काठमाडाैं । नेकपा (माले) का महासचिव चन्द्रप्रकाश (सिपी) मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्ने बताउनुभएको छ । विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ भन्ने २०३३ सालको विपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताउनुभयो । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरिए पनि  विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै राजसंस्था हटाइएको बताउनुभयो ।

देशलाई यो ठाउँमा ल्याउने काम राजनीतिक दलहरु नै गरेको भन्दै शान्ति क्षेत्रको प्रश्तावलाई पनि राजनीतिक दलहरुले नै खारेज गरेको बताउनुभयो । राजनीतिक दलहरुले नै खुकुलो नागरिकताको नीति लिएको बताउनुभयो ।

महासचिव मैनालीले भारत नेपालका लागि धेरै अफ्ठयारो छिमेकी भएको टिप्पणी गर्नुभयो । भारतले कहिल्यै पनि नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो भने र नमानेको जिकिर गर्नुभयो । भारतले नेपालका लागि सहयोगको कुरा गरे पनि कसरी नेपाल गरिब हुन्छ ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? भन्नेबारेमा सोच्ने गरेको बताउनुभयो ।  भारतले नेपाललाई आफ्नो क्षेत्र भनेर व्यवहार गरिरहेको बताउनुभयो । यसबेलामा देशका शक्तिहरु सबै मिल्नुपर्ने बताउनुभयो ।

महासचिव मैनालीले विगतका राम्रा सिद्धान्तहरु पुनः लागू गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । भारतले नेपाललाई निल्नसक्ने जिकिर गर्नुभयो । देशलाई जोगाउने संविधान र व्यवस्था नल्याइकन नेपाललाई बचाउन नसकिने बताउनुभयो । परम्परागत राजाको आवश्यकता भइसकेको बताउनुभयो ।

Leave a Reply