काठमाडाैं । नेपाली काँग्रेसका नेता उमेशजंग रायमाझीले समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले समस्याकै कारण आन्दोलन भएको बताउँदै अहिले मुलुक जलेको बताउनुभयो । सिंहदरबार त्यसै नजलेको उल्लेख गर्नुहुँदै राजनीतिक दलका कमी कमजोरीका कारण सिंहदरबार जलेको बताउनुभयो । संहदरबारमा किन नागरिकलाई छिर्न निषेध गरियो ? भन्दै प्रश्न गर्नुभयो ।
अहिले पनि नागरिकलाई सिंहदरबार आफ्नो नलागेको पनि बताउनुभयो । राजनीतिक दलहरु राम्रोसँग नचल्दा ब्युरोकेसी र न्यायालयमा समेत प्रभाव परेको जिकिर गर्नुभयो । उहाँले सिंहदरबार नेपाली हातले जलाउन नसक्ने दाबी गर्नुभयो ।





