अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीमा अहिलेसम्म कुनै छलफल भएकाे छैन
काठमाडौं,२५ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रलाई अध्यक्ष पद दिएर भएपनि दुई पार्टीबीच एकता गर्नुपर्ने बताएका छन् । एमाले वरिष्ठ नेता खनालले माउन्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नलाई अन्र्तवार्ता दिंदै नीति र कार्यदिशामा कुरा मिलेको अवस्थामा माओवादीलाई अध्यक्ष दिन तयार हुनुपर्ने बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष मान्न तयार हुनुपर्ने बताए । नेता खनालले दुई पार्टीबीच एकीकरणको ९० प्रतिशत सम्भावना रहेको भन्दै एकीकरणलाई मूर्तरुप दिन दुई पार्टीले सामूहिक छलफल गर्नुपर्ने बताए ।
उनले दुई पार्टीका अध्यक्षबीच भएका वन टु वान वार्ताप्रति असन्तुष्टि जनाउँदै कम्युनिष्ट पार्टी नेताको एकल निर्णयबाट नभइ सामूहिक निर्णयबाट मात्र चल्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीले अहिलेसम्म कुनै निर्णय नगरेको बताए ।
खनाल सँग गरिएको ‘खरो प्रश्न’को पुरा कार्यक्रम हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस् :