आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा आज नेपालले नाबियाको सामना गर्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा आज नेपालले नाबियाको सामना गर्दै

काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दै छ ।

नेपालले आफ्नो पहिलो खेल आयोजक नामिबियाविरुद्ध खेल्ने छ । खेल डब्लुएपी मैदानमा नेपाली समयअनुसार दिउसो सवा १ बजेदेखि सुरु हुनेछ । नेपाल र नामिबीया दुवै डिभिजन दुईमा रहने लक्ष्यसहित मैदानमा उत्रिंदैछन् । पछिल्लो तीन वर्षको अवधिमा नेपाल र नामिबीयाबीच तीन खेल खेलेकामा सबै खेलको नतिजा नेपालको पक्षमा छ ।

नामिबीयाविरुद्धको खेलअघि नेपालले बुधबार डब्लुएपी मैदानमा अन्तिम अभ्यास खेल खेलेको थियो । प्रतियोगितामा नेपालले नामिबियाका अलावा युएई, केन्या, ओमान र क्यानाडासँग प्रतिस्पर्धा गर्ने छ ।

ताजा समाचार