'सर्वोच्च अदालतको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपति दुबै पदमा पुरुष पुगे' | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

‘सर्वोच्च अदालतको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपति दुबै पदमा पुरुष पुगे’

काठमाडाैं । महान्यायाधिवक्ता रमेश वडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गर्नुभएको छ । महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै वडालले यस्तो टिप्पणी गर्नुभएको हो ।

सर्वोच्चको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै पदमा पुरुष पुगेको उहाँको भनाइ छ । उहाँले मुलुकको सर्वोच्च दुवै पदमा पुरुष नियुक्त गर्न पाउने सर्वोच्चको व्याख्याका कारण महिलाको प्रतिनिधित्वको संवैधानिक अधिकार खोसिएको टिप्पणी गर्नुभयो ।

उहाँले राज्य अन्य सबै निकायहरुमा दुई जनामध्ये एक जना महिला रहेको उल्लेख गर्दै राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाको सभामुख वा उपसभामुख तथा  प्रदेश सभाको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला रहेको उदाहरण दिनुभयो।

सम्पतीको हकअनुसार घर जग्गा महिलाको नाममा दर्ता हुने प्रक्रिया बढ्दै उल्लेख गर्दै उहाँले यो सकारात्मक भएको बताउनु भयो ।

Leave a Reply