श्रम सम्झौता भएका सबै मुलुकमा हुलाक सम्झौता गर्नुपर्छः सञ्चारमन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

श्रम सम्झौता भएका सबै मुलुकमा हुलाक सम्झौता गर्नुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले श्रम सम्झौता भएका सबै मुलुकहरुसँग रूपमा हुलाक सेवासम्बन्धी सम्झौता गर्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको हुलाकप्रतिको विश्वास र प्रभावकारिता बढाउन श्रम सम्झौता भएका मुलुकहरुसँग हुलाक सम्झौता गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको बताउनुभएको हो । नेपाली नागरिक बसोवास गर्ने देशहरुमा समेत हुलाक सेवा विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले नेपाली नागरिक भएका सबै देशहरुमा हुलाक सेवा विस्तार भए मात्र संस्थाप्रतिको विश्वास र प्रभावकारिता बढ्ने बताउनु भयो । उहाँले हुलाक सेवा विभागले तिर्नुपर्ने बाँकी वक्यौताको लागि अर्थ मन्त्रालयसँग आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।

Leave a Reply

ताजा समाचार