काठमाडौँ ।
नेपाल हुँदै जैश–ए–मोहम्मदका तीन संदिग्ध सदस्य भारत प्रवेश गरेका भन्दै बिहार प्रहरीले उच्च सतर्कता अपनाएको भारतीय मिडियाले जनाएका छन् ।
पाकिस्तानको प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश–ए–मोहम्मदका तीन जना नेपाल हुँदै बिहारमा प्रवेश गरेका प्रहरीलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ ।तीन जना आतङ्ककारीको पहिचान रावलपिन्डीका हसनैन अली, उमरकोटका आदिल हुसेन र बहावलपुरका मोहम्मद उस्मानका रूपमा गरिएको छ ।
उनीहरू तीनै जना पाकिस्तानका रहेका खबरमा उल्लेख छ । यस्तै प्रहरीले उनीहरूको स्केच पनि जारी गरेको छ ।प्रहरीले बताए अनुसार यी आतङ्ककारीहरू अगस्टको दोस्रो हप्ता नेपालको राजधानी काठमाण्डौ आइपुगेका र गएको हप्ता बिहार प्रवेश गरेका थिए ।
प्रहरीले उनीहरूको राहदानीको विवरण सीमावर्ती जिल्लाका अधिकारीहरूलाई पनि दिएको छ ।यसैबीच यस वर्षको अन्त्यमा हुने विधानसभा चुनावलाई ध्यानमा राख्दै बिहारमा सुरक्षा बढाइएको छ ।
This website uses cookies.