राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपानेद्धारा सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपानेद्धारा सपथ ग्रहण

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गर्नुभएको छ ।

बुधबार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । शपथ ग्रहणमा गृहमन्त्री, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षी दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापतिहरू लगायत सबैको उपस्थिति थियो ।

समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको हो । संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँको प्रश्तावक काँग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ हुनुहुन्छ । योसंगै यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएपछि खालि पद पूर्ति भएको छ ।

Leave a Reply