महामन्त्री थापाद्वारा सरकारकाे चर्काे आलोचना, सहमतिकाे पहिलाे बुँदानै कार्यान्वयन नगरेकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

महामन्त्री थापाद्वारा सरकारकाे चर्काे आलोचना, सहमतिकाे पहिलाे बुँदानै कार्यान्वयन नगरेकाे आरोप

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपरेको बताउनु भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले सात बुँदे सहमतिको आधारमा सरकार बनेको भएपनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । उहाँले माथिल्लो सदन राष्ट्रिय सभामा बुहमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँछौं भन्न सरकारले नपाउने बताउनुभयो ।

उहाँले संविधान संशोधनको लागि साझा मुद्दाहरुमा सहमति बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गर्दैं सदनमार्फत नै संयन्त्र बनाउन सरकारसँग आग्रह गर्नुभयो । सरकारले जनतासँग गरेको वाचा अनदेखा गरेको भन्दै त्यस्तो गर्न पाउने अधिकार सरकारसँग नभएको उहाँको तर्क छ ।

दुई प्रमुख दलहरुको समिकरणमा बनको सरकारले समेत अपेक्षाकृत नतिजा दिन नसकेको भन्दै उहाँले सुधारको आवश्यकता औंल्याउनुभयो ।

Leave a Reply