काठमाडौ ।
पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेले सदस्यता नदिएपछि पार्टीको हितमा काम गरिराख्ने बताएकी छन्।मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीले जार्नैपर्छ भनेपछि राष्ट्रपतिमा गएको भन्दै अब पनि एमालेकै कार्यकर्ता भएर बस्ने बताइन्।उनले भनिन्, ‘एमालेले मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएको छ।
त्यसको मर्म र भावना अनुसार हामीले काम गर्ने हो। त्यसको मर्म र भावना अनुसार काम भएको छ कि छैन समीक्षा गर्ने बेला भएको छ।’२०४६र४७ को आन्दोलनपछि बनेको अन्तरिम सरकारसहित ५० सालको चुनावदेखि एमालेले निरन्तर सरकारमा भाग लिइराखेको बताइन्।उनले भनिन्, ‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो। त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ रु विभिन्न समयमा हामीले चर्चा गरिहरेका छौँ।
आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा हामीले काम गर्न सक्यौँ कि सकेनौँ समीक्षा गर्ने बेला भएको छ।’सिद्धान्त अनुसार समाजलाई डोहोर्याउनको लागि वैचारिक मनन गरेर अगाडि बढ्नुपर्ने बताइन्। उनले पार्टीले जिम्मेवारी दिए पनि नदिए पनि आफूलाई सरोकार नभएको भन्दै एमालेको सदस्यकै रुपमा काम गरिराख्ने दोहोर्याइन्।




