हवाइ दुर्घटनालाई सामान्य रुपमा लिनु हुँदैन : सांसद साउद | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

हवाइ दुर्घटनालाई सामान्य रुपमा लिनु हुँदैन : सांसद साउद

काठमाडाैं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले अराजकता, अनियमितताहरुलाई सरकारले प्राथमिकता दिन नसक्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

समितिको बैठकमा बुधबार हवाइ तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल भएको हो । छलफलमा भाग लिँदै उहाँले सरकारमा बसेपछि एउटा सर्वाङ्गिण दृष्टिकोण राख्न जरुरी रहेको बताउनुभयो ।

उहाँले वायुसेवालाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व सरकारको भएको बताउनुभयो । यसलाई ध्यान नदिए एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति रहेको बताउनुभयो ।

सांसद साउदले नेपालमा भइरहेका हवाइ दुर्घटनालाई सामान्य रुपमा लिन नहुने बताउनुभयो ।

Leave a Reply