सौर्य एयरलाइन्स दुर्घटना प्रकरणा : न्यायिक छानबिन समिति बनाउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

सौर्य एयरलाइन्स दुर्घटना प्रकरणा : न्यायिक छानबिन समिति बनाउने सरकारको तयारी

काठमाडाैं । सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानविन समिति बनाउने संकेत गरेको छ । बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानविन समिति बनाउने संकेत गर्नुभएको हो ।

उहाँले समितिमा सांसदहरुले राख्नुभएका धारणा र समितिको निर्देशनअनुसार न्यायिक छानविन समिति बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । सौर्य एयरलाइन्सबारे छानविन आयोगले सेफ्टी अनुसन्धानबारे मात्रै निष्कर्ष निकालेको र न्यायिक निष्कर्ष निकाल्नुपर्ने जरुरी देखिएको बताउनुभयो ।

उहाँले न्यायिक छानविन समिति बनाउन मिल्ने हो की होइन भन्नेकुराको निर्क्याेलमा छिट्टै सरकार पुग्ने पनि बताउनुभयो । बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा छलफल हुने उहाँकाे भनाइ छ ।

मन्त्री पाण्डेले प्रश्न उठिसकेपछि यत्तिकै छोड्न नहुनेमा सरकार सचेत रहेको बताउनुभयो ।

Leave a Reply