काठमाडौं, २३ माघ । प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । ललितपुरको मानभवनस्थित प्रदेश नम्बर ३, निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
निर्वाचन सहायक अधिकृत समीकपुर साहले प्रदेश नम्बर ३ मा ३ सय ४८ जना मतदाता रहेका छन् । जहाँ १४ जना उम्मेदवार छन् । प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचनको मतदान बुधबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म ललितपुरको जावलाखेलस्थित भलिबल मैदानमा हुनेछ ।
सहायक निर्वाचन अधिकृत साहले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था पनि सुदृढ रहेको बताए । उनले मतदान स्थल वरपर समेत उच्च सुरक्षा सतर्कता अपनाइने जानकारी दिए ।
प्रदेश नम्बर ३ मा राष्ट्रिय सभा निर्वाचनका लागि १ सय १० जना प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ जना मतदाता रहेका छन । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।