मध्यपहाडि राजमार्ग अबको तीन बर्ष भित्रमा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मध्यपहाडि राजमार्ग अबको तीन बर्ष भित्रमा सम्पन्न

bato banaudai

गोपाल पोखरेल
उदयपुर, २३ माघ । मध्यपहाडि राजमार्ग अबको तीन बर्ष भित्रमा सम्पन्न हुने भएको छ । राजमार्गको काम दु्रत गतिमा भइरहेकाले कतैबाट अवरोध नभए तीन वर्ष भित्र सम्पन्न हुने आयोजनाको दाबी छ । पाँचथरको चियो भन्ज्याङदेखि सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्ने पाटी भन्ज्याङ जोड्ने मध्यपहाडि राजमार्गको झण्डै १ सय किलोमिटर निर्माणको काम सकिएको छ । बाँकी ठाँउमा सडक निर्माणको काम धमाधम भइरहेको छ । राजमार्गको निर्माण सम्पन्न हुने भएपछि स्थानीय खुसी भएका छन् ।

राजमार्गका कतिपय क्षेत्रमा यातायातका साधन समेत संचालन हुन थालेका छन् । राजमार्ग निर्माणले नेपालको मध्यपहाडि क्षेत्रमा आर्थिक समृद्धिको ढोका खोल्ने स्थानीयको भनाई छ । घुर्मी–चतराघाट खण्डको ५२ किलोमिटरमा ट्रयाक खोलिए पनि वन मन्त्रालयले वातावरणीय असर पर्ने भन्दै बाँकी काम रोकेपछि काम प्रभावित भएको छ । त्यस्तै राजमार्गमा बनाउनुपर्ने ४० ओटा पूल मध्ये २५ ओटा पूल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिब छ अर्ब रुपैयाँको लागतमा सो राजमार्ग सम्पन्न हुन लागेको हो । राजमार्ग बनाउन थालेपछि पहाडबाट तराई बसाइसराई पनि कम भएको छ । स्थानीयले राजमार्ग क्षेत्रमा सुविधा सम्पन्न अस्पताल बनाउन माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);