शिक्षा विधेयक अब लामो समय अड्काएर राख्न दिँदैनौँ : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

शिक्षा विधेयक अब लामो समय अड्काएर राख्न दिँदैनौँ : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरुमाथि बेइमानी र धोका हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो।

अध्यक्ष दाहालले सरकारले शिक्षकहरुसँग असार १५ भित्रै विद्यालय शिक्षा ऐन संसदमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाएपनि जालझेल गरेर अहिलेसम्म प्रस्तुत नगरेको आरोप लगाउनुभयो । उहाँले शिक्षा विधेयकलाई लामो समयसम्म अड्काएर राख्न आफूहरुले नदिने बताउनुभयो ।

शिक्षकहरुले सोचेको जस्तो सबै मागहरु पूरा गर्न नसकेपनि बेइमानी हुन भने नदिने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले सरकारले असार १५ भित्र संसदमा विद्यालय शिक्षा विधेयक पेश गर्ने प्रतिवद्धता जनाएको थियो । तर हालसम्म प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको छ ।

Leave a Reply