काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासकै जगमा वर्तमान खडा हुने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५१ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमानको जगमा भविष्यको आधारशिला तय हुने बताउनुभएकाे हाे ।
राष्ट्रपति पाैडेलले वीर पुर्खाहरुको त्याग, बलिदान, बुद्धिमतापूर्ण कार्यबाट नै नेपाल बनेको बताउनुभयो । नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको बलिदान दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटीका राजनीतिज्ञ भएको बताउनुभयो ।
उहाँले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधिन हुनबाट जोगाउनुभएको बताउनुभयो । थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले सुगौली सन्धीले नै आजको नेपालको अस्तित्व राखेको बताउनुभयो ।





