निजी कारबाट १३३ किलो गाँजा बरामद | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

निजी कारबाट १३३ किलो गाँजा बरामद

काठमाडौं ।
प्रहरीले निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । रौतहटको गरुडा नगरपालिका ५ मा रहेको झाँझ खोला नजिकै ग३च ६७९६ नम्बरको कारबाट प्रहरीले १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको हो ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा कार नरोकेर फरार भएको थियो ।प्रहरीले गाडीलाई पछयाउँदै जाने क्रममा झाँझ खोला नजिक रहेको खरको घारीमा छोडेर चालक फरार भएका थिए ।

सडकभन्दा तल झण्डै २० फिट गहिरो खरको घारीमा गाडीलाई छोडेर सवार व्यक्तिहरू फरार भएको प्रहरीले जनाएको छ ।फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply