विकासका नाममा विराेध गरेर मुलुक चल्दैन : सांसद भण्डारी | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

विकासका नाममा विराेध गरेर मुलुक चल्दैन : सांसद भण्डारी

काठमाडाैं । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकास कुनैपनि नाममा अवरोध हुन नहुने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठक उहाँले विकासका नाममा विरोध गरेर मुलुक सधैँ नचल्ने बताउनुभएकाे हाे ।

सांसद भण्डारीले मौजुदा कानूनको कारणले सधैँ जनताले दुःख पाइरहने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । कुनैपनि कानूनी अल्झनको आधारमा विकासमा अवरोध हुन नहुने उहाँकाे भनाइ छ।

उहाँले नियतवश काम नगर्ने ठेकेदारलाई कानूनी प्रावधान देखाएर तत्काल कानूनी दायरामा ल्याउन माग गर्नुभयो ।

सांसद भण्डारीले विकासका काममा अवरोध गर्ने कार्यकर्तालाई त्यसो गर्न नदिने कानूनी व्यवस्थ गर्नुपर्ने बताउनुभयो । कानूनी रुपबाट मुलुकलाई सञ्चालन गर्नुपर्ने उहाँकाे भनाइ छ ।

Leave a Reply