वैदेशिक रोजगारलाई पलायन भन्नु आपत्तिजनक : सचिव पुष्कर | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

वैदेशिक रोजगारलाई पलायन भन्नु आपत्तिजनक : सचिव पुष्कर

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताउनुभएको छ ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताउनुभएकाे हाे ।

सचिव पुष्करले यो भाष्य ठूला बडाहरुले फैलाउने गरेको उहाँको भनाइ छ । ठूला बडाका सन्तानहरु विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने तर नेपालमा श्रम नपाएर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा काम गर्न जाँदा पलायन कसरी हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

शोसकहरुले आर्थिक अवस्था कमजोर रहेका सोझा, साझा जनताहरुलाई शासन गर्ने संयन्त्रका रुपमा नभइ षड्यन्त्रका रुपमा लिने गरिएको उहाँकाे भनाइ छ।

सचिव पुष्करले अध्यागमनको तथ्यांक अनुसार करिब ५५ लाख विदेश गएकोमा ४५ लाख फर्किएर आएको देखिएको बताउनुभयो ।

Leave a Reply