रसुवा बाढीमा परी नाै जनाकाे मृत्यु : १९ जना बेपत्ता, ५७ काे उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

रसुवा बाढीमा परी नाै जनाकाे मृत्यु : १९ जना बेपत्ता, ५७ काे उद्धार

काठमाडाैं । चीनबाट एकाएक आएको बाढीका कारण रसुवागढी क्षेत्रमा मृत्यु हुनेको संख्या नाैजना पुगेको छ । बाढीले बगाएका उनीहरुको शव विभिन्न स्थानमा फेला परेको हो ।

मंगलबार बिहानको आएको बाढीले बगाएर नाै जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै अन्य १९ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा दुई प्रहरी, ६ जना चिनियाँ नागरिक र १६ जना सर्वसाधारण छन् । यस्तै घटनामा फसेका ५७ जनाको उद्धार भएको छ ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको जनाएको छ भने लोड गरिएको २४ वटा कन्टेनर डब्बा बगाएको छ । यस्तै ६ वटा सिनो ट्रक, ३५ वटा ईभी गाडी पनि बगाएको छ । भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको छ भने रसुवागढी हाइड्रोपावरको ड्याममा पनि बाढीले क्षति गरेको छ ।

यसैबीच प्रधानमन्त्री केपी ओलीसहितको सरकारी टोली बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएको छ । प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालको टोली प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेको हो ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्र पुग्नुभएको छ ।

Leave a Reply