अमेरिकाले थप १४ देशमा कर बढाउने | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

अमेरिकाले थप १४ देशमा कर बढाउने

काठमाण्डौ ।

अमेरिकाले थप १४ देशमाथि कर बढाउने घोषणा गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशका राष्ट्र प्रमुखलाई पत्र लेख्दै कर बढाइएको जानकारी पठाएका छन । ट्रम्पले ती पत्रहरु आफ्नो सामाजिक सञ्जाल सोसियल ट्रुथमार्फत् सार्वजनिक गरेका अन्तराष्ट्रिय समाचार संस्थाले जनाएको छ । राष्ट्रपति ट्रम्पले अहिले घोषणा भएको कर आपसी सम्बन्ध र छलफलका आधारमा संशोधनसमेत गर्न सकिने उल्लेख गरेका छन ।

उनले म्यानमार र लाओसमाथि ४० प्रतिशत, थाइल्याण्डमाथि ३६ प्रतिशत, बंगलादेशमाथि ३५ प्रतिशत, इन्डोनेसियामाथि ३२ प्रतिशत तथा दक्षिण अफ्रिकामाथि ३० प्रतिशत कर लगाएका लगाएका छन । यस्तै ट्रम्पले यसअघि विभिन्न देशमाथि घोषणा गरिएको कर लागू गर्ने मिति भने अगस्टलाई सारेका छन । यसअघि घोषणा गरिएको कर जुलाई ९ देखि लागू हुने भनिएको थियो।

v

 

Leave a Reply

ताजा समाचार