काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाह्य सहयोगले मात्रै देश विकास नहुने बताउनुभएको छ । सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले वाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताउनुभयो । उहाँले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गर्नुभयो ।
अरुले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने उहाँकाे भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपालमा केही विपरित कुराहरु भइरहेको बताउनुभयो, तर कस्ताे कुरा भन्ने प्रष्ट पार्नु भएन ।





