कांग्रेस–एमालेबीचकाे सहमति समिति बनाएर छलफल गराैँ : नेता बास्ताेला | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

कांग्रेस–एमालेबीचकाे सहमति समिति बनाएर छलफल गराैँ : नेता बास्ताेला

काठमाडौं । नेपाली कांग्रेसकी नेता नानु बास्तोलाले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबारे समिति बनाएर छलफल गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेता बास्तोलाले सहमतीमा भएकाे संविधान संशोधनको विषयलाई समिति बनाएरै छलफल गर्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले जनजीवीकाको विषयमा पार्टीले काम गर्नुपर्नेमा जाेड दिनुभयाे  । भातृ संस्थाको अधिवेशन निर्देशक समितिले दिएको समयभित्र गर्नुपर्ने तर समिति बनाउनुपर्ने उहाँको भनाइ छ ।

नेता बास्ताेलाले योग्यता र क्षमताको आधारमा पार्टीमा मूल्याङन हुनुपर्ने माग गर्नुभयो । बजेट समानुपातिक र आवश्यकताको आधारमा वितरण हुुनुपर्ने भन्दै उहाँले नयाँ पुस्ता र युवाका लागि नयाँ कार्यक्रम निर्माण गरी देशमै स्वरोजगार बन्ने सुनिश्चित गनुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्न सरकारलाई खबरदारी गर्नुभयो ।

विदेशिएका युवाशक्तिलाई नेपालमै फर्काएर काम गर्ने वातावरण तयार गर्नु अहिलेको प्रमुख आवश्यकता भएको भन्दै नेता बास्तोलाले यसमा संसदको भूमिका रचनात्मक हुनुपर्नेमा जाेड दिनुभयाे ।

Leave a Reply