काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सबै कुराको जग भनेको कानून रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्नसक्ने बताउनुभएकाे हाे।
उहाँले जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुने बताउनुभयो । उहाँले सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको बताउनुभयो ।
सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानूनको छातामुनि राख्नु नहुने बताउनुभयो ।





