वायुसेवालाई निजिकरण गर्नु हुँदैन : सांसद सुवाल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ४ २०८३, बुधवार

वायुसेवालाई निजिकरण गर्नु हुँदैन : सांसद सुवाल

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्काषन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउनुपर्ने माग गर्नुभएको छ ।

आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्काषन वा बिक्री गर्ने प्रस्ताव माग गर्नुभएको हो ।

उहाँले समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । जसबारे बोल्दै सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताउनुभयो । सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउने बताउनुभयो ।

सांसद सुवालले सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने झैँ विधेयक ल्याइएको भन्दै यो ठिक नभएको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार